समाचार

श्रीमती हत्या आरोपमा श्रीमान पक्राउ

२८ मंसिर, काठमाडौं । संखुवासभा, मादीका प्रेम दोर्ची शेर्पा आफ्नै श्रीमती मिना शेर्पाको हत्या गरेको आरोपमा पक्राउ परेका छन्।

प्रहरीका अनुसार, ९ मंसिरको राति साढे १० बजे ओखरबोट बजारबाट फर्कँदै गर्दा मिना बेपत्ता भएको भन्दै प्रेम दोर्चीले जाहेरी दिएका थिए। तर अनुसन्धानका क्रममा उनका श्रीमान्ले विवादपछि आफ्नो श्रीमतीको हत्या गरी शव खाल्डोमा गाडेको खुलासा भएको हो।

पक्राउ परेका प्रेम दोर्चीले घटना स्वीकार गरेका छन्। संखुवासभा प्रहरीले हत्या गरेर गाडेको अवस्थामा शव उत्खनन गरेको जनाएको छ। उनीविरुद्ध कर्तव्य ज्यानको मुद्दामा अनुसन्धान अगाडि बढाइएको छ।