काठमाडौं, २९ मंसिर । प्रहरीको सीआईबीले नेपाल ट्रस्टको दरबारमार्गस्थित जग्गा लिजमा अनियमितता र ठगी भएको निष्कर्षसहितको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ।
प्रतिवेदन अनुसार तत्कालीन सचिव अर्जुनबहादुर कार्की, सहसचिव लेखबहादुर कार्की र थमसेर्कु डेभलपर्सका सञ्चालक सोनाम शेर्पामाथि ठगी र आपराधिक लाभको आरोप लाग्ने देखिएको छ।
जिल्ला सरकारी वकिल कार्यालयले फाइल अध्ययन गरेर छिट्टै निर्णय गर्ने तयारी गरेको छ।





