समाचार

कांग्रेस नेता कोइराला–देउवा भेट

१ पुस, काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्।

भेटमा कोइरालाले क्रमसंख्या नभएका क्रियाशील सदस्यता फारम जिल्ला-जिल्ला पठाइएकोप्रति आपत्ति जनाउँदै ती फारम फिर्ता गरी नयाँ फारम पठाउन निर्देशन दिन आग्रह गरे। विना नम्बरका फारमका आधारमा महाधिवेशन प्रक्रिया अघि बढ्न नसक्ने उनको भनाइ थियो।

यसैगरी, केन्द्रीय अनुशासन समितिले गरेका कारबाही फुकुवा गरी पार्टीलाई महाधिवेशन र आगामी निर्वाचनमा एकताबद्ध रूपमा खटिनुपर्ने धारणा कोइरालाले राखेका छन्।

उनले २०७९ को निर्वाचनमा गठबन्धनसम्बन्धी विषयलाई लिएर कारबाही गर्नु उचित नहुने बताए।