३ पुस, काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतदान सकिएसँगै मतगणना प्रक्रिया सुरु भएको छ।
केन्द्रीय निर्वाचन आयोगका अनुसार, मतगणना सुरु भएको केही समयमै अन्तिम नतिजा सार्वजनिक हुने अपेक्षा गरिएको छ। आयोगका उपाध्यक्ष सानुराज पोखरेलले बताएअनुसार, मतगणनामा दुवै उम्मेदवारको तर्फबाट प्रत्येक ५–५ जना प्रतिनिधि राखिएका छन्।
‘हामीले मतगणनाका लागि उचित व्यवस्था मिलाएका छौं,’ पोखरेलले भने। उनले थपे कि प्रतिनिधिहरूमा राजनीतिक अनुभव भएका २ जना र प्राविधिक २ जना छन्, साथै मेसिन प्राविधिक र निर्वाचन आयोगका सदस्यहरू पनि मतगणनामा संलग्न छन्।





