सामाजिक सञ्जाल

धर्मसम्बन्धी टिकटक भिडियोले मधेशमा तनाव सिर्जना

२० पुस, जनकपुरधाम । टिकटकमा धर्मसँग सम्बन्धित अभद्र भिडियो पोस्ट भएको विषयलाई लिएर मधेश प्रदेशमा तनाव बढेको छ। धनुषा र पर्सा लगायत आठ जिल्लामा सुरक्षा सतर्कता कडा पारिएको छ।

जनकपुरका हैदर अन्सारी र अमानत अन्सारीले हिन्दुस्तानको नाम लिँदै बनाएको भिडियोले स्थानीय समुदायमा आपत्ति पैदा गरेको थियो। विवादका क्रममा मस्जिदमा आक्रमण भएको र केही व्यक्तिहरू पक्राउ परेको प्रहरीले जनाएको छ। वीरगञ्जमा पनि प्रदर्शन जारी छ।