आर्थिक

बजार अपडेट : सुनको मूल्य आज कति घट्यो?

२४ पुस, काठमाडौं । स्थानीय बजारमा बिहीवार सुनको मुल्य घटेको छ । सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधवार प्रतितोला २ लाख ६७ हजार ७ सयमा कारोबार भएको सुनको मुल्य बिहीवार २ हजारले घटेर तोलामा २ लाख ६५ हजार ७ सयमा कायम भएको हो ।

त्यस्तै, बिहीवार चाँदीको मुल्य पनि १०० रुपैयाँले घटेको छ । बुधवार प्रतितोला ४ हजार ९ सय ३५ रुपैयाँमा कारोबार भएको चाँदीको मुल्य बिहीवार तोलामा ४ हजार ८ सय ३५ रुपैयाँमा कायम भएको छ ।