समाचार

काँग्रेस  बैठक: महामन्त्री गगन र विश्वसहितका नेताहरू यस्ताे भयाे कडा कारबाही

३० पोस, काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय समिति बैठकले महामन्त्री द्वय गगन थापा, विश्वप्रकाश शर्मा, सहमहामन्त्री फर्मुला मन्सुर लगायत नेताहरूलाई ५ वर्षका लागि कारबाही गरेको छ । 

आज बसेको कार्यसमिति बैठकले महामन्त्री द्वय थापा र शर्मा सहितसँग विशेष महाधिवेशनको विषयमा पटक पटक सहमति हुन नसकेर एकलौटी रुपमा विशेष महाधिवेशन डाकेपछि पार्टीले कारबाही गरेको हो । 

५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर पुगेको भन्दै यही पौष २७ गतेदेखि नेपाली काँग्रेस नाममा नै विशेष महाधिवेशन गरिरहेका गगन थापा र विश्वप्रकाश शर्मासहितका नेताहरू अन्ततोगत्वा कारबाहीमा परेका छन् ।