७ माघ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारलाई आन्दोलनको नाममा भएका अपराधको संरक्षण गर्दै आएको आरोप लगाएका छन्।
झापामा भ्रमणको क्रममा जेनजी आन्दोलनको समयमा क्षति पुगेका घर र संरचनाहरूको अवलोकन गर्दै ओलीले भने, “आन्दोलनको नाममा अरूको घर जलाउन पाउने होइन, तर सरकारले अपराध गर्नेहरूलाई कारबाही गरेको छैन। सायद अहिलेको सरकार उनीहरूको आफ्नै हो।”
ओलीले थपे, “देशलाई शान्तिपूर्ण र बस्नयोग्य बनाउन अपराधलाई प्रोत्साहित गर्न मिल्दैन। समय आएपछि कारबाही अवश्य हुनेछ।”
उनले सरकारको गैरजिम्मेवारीपूर्ण व्यवहार र अपराधप्रति उदासिनताको कडा आलोचना पनि गरे।





