समाचार

बालेन शाह चैत १३ मा प्रधानमन्त्री बन्दै, विशेष विधिसहित शपथ १२:३४ बजे

चैत ११, काठमाडौं । मुलुकले चैत १३ गते नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले शुक्रबार प्रधानमन्त्री पदको शपथ लिने कार्यक्रम तय भएको छ।

शपथ ग्रहण समारोह मध्याह्न १२:३४ बजेका लागि निर्धारण गरिएको छ। समारोहलाई विशेष धार्मिक तथा सांस्कृतिक विधिहरूसहित सम्पन्न गरिनेछ, जसअनुसार ७ वटा शंखबाट शंखनाद गरिने, १०८ जना बटुकबाट स्वस्ती शान्ति वाचन हुने र १६ जना बौद्ध भिक्षुहरूबाट अष्टमंगल पाठ गरिने तालिका रहेको छ।

शपथ ग्रहणपछि बालेनले सोही दिन दिउँसो सवा २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ।

नयाँ प्रधानमन्त्रीको आगमनसँगै देशको राजनीतिक दिशामा नयाँ अध्याय सुरु हुने अपेक्षा गरिएको छ।