समाचार

केन्द्रीय समितिको निर्णय: बालेनलाई संसदीय दलको नेतृत्व दिने प्रस्ताव स्वीकृत

१२ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी को केन्द्रीय समिति बैठकले संसदीय दल गठन गर्ने प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको छ।

बैठकले बालेन्द्र शाह लाई संसदीय दलको नेता बनाउने प्रस्ताव पनि अनुमोदन गरेको जानकारी पार्टीका प्रवक्ता तथा सांसद मनिष झा ले दिएका छन्।

केन्द्रीय समितिको निर्णयसँगै पार्टीले संसद्मा आफ्नो भूमिका थप संगठित र प्रभावकारी बनाउने लक्ष्य राखेको छ। नयाँ संरचनाले पार्टीभित्र समन्वय र नीति कार्यान्वयनलाई मजबुत बनाउने अपेक्षा गरिएको छ।