१२ चैत, काठमाडौं । नेपाली कांग्रेस ले गौरीबहादुर कार्की संयोजकत्वको जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण रहेको टिप्पणी गरेको छ। पार्टीका प्रवक्ता देवराज चालिसे का अनुसार प्रतिवेदनले २४ भदौको घटनालाई पर्याप्त रूपमा समेटेको छैन र प्रारम्भिक दृष्टिमा अधुरो देखिन्छ।
कांग्रेसले प्रतिवेदनको गहिरो अध्ययनका लागि कानुनका विज्ञ, शासन सत्तामा अनुभव भएका व्यक्ति र जेनजी आन्दोलनका युवा अभियन्ताहरूलाई समावेश गरेर समिति गठन गर्ने निर्णय गरेको छ। समितिले कार्की आयोगसहित राष्ट्रिय मानवअधिकार आयोगले सरकारलाई बुझाएका प्रतिवेदनहरू पनि अध्ययन गरी पार्टीको आधिकारिक दृष्टिकोण सार्वजनिक गर्नेछ।
प्रवक्ता चालिसेले भने, “प्रतिवेदन प्रारम्भिक दृष्टिमा अधुरो देखिएको छ, तर हामी यसलाई गम्भीरतापूर्वक अध्ययन गर्दैछौं।”





