१३ चैत, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले नवनिर्वाचित प्रधानमन्त्री बालेनद्र शाहलाई बधाई तथा शुभकामना दिएका छन् । सामाजिक सञ्जाल मार्फत बधाई दिँदै थापाले देशको समुन्नति, नागरिक अधिकार रक्षा र सुशासनको लागि सरकारलाई सहयोग गर्ने प्तिवद्धता व्यक्त गरेका छन्।
उनले लेखेका छन् नेपालका नवनियुक्त प्रधानमन्त्री श्री बालेन्द्र शाह तथा मन्त्रिपरिषद्का नवनियुक्त मन्त्रीहरूमा हार्दिक बधाई तथा सफल कार्यकालको हार्दिक शुभकामना व्यक्त गर्दछु।
उनले अगाडी लेखेका छन् देशको समुन्नति, नागरिक अधिकार रक्षा र सुशासनको लागि सरकारका हरेक सकारात्मक प्रयासहरूमा नेपाली कांग्रेसको रचनात्मक सहयोग र साथ रहने छ।






