समाचार

ओली पक्राउविरुद्ध प्रदर्शनमा प्रहरीको लाठीचार्ज, कार्यकर्ता घाइते

१४ चैत,काठमाडौं, । एमाले अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा माइतीघर–बबरमहल क्षेत्रमा प्रदर्शन गरिरहेका कार्यकर्तामाथि प्रहरीले लाठीचार्ज गरेको छ। यस क्रममा युवराज ओलीसहित केही नेताहरू र कार्यकर्ता घाइते भएका छन्।

प्रदर्शनको क्रममा एउटा समूह सिंहदरबारको दक्षिण गेटतर्फ अघि बढ्दा प्रहरीले नियन्त्रणमा लिन लाठी प्रहार गरेको हो। यसबारे कार्यकर्ता फुयालले आफूसहितका प्रदर्शनकारीमाथि प्रहरीले लाठी प्रहार गरेको बताएका छन्।

घाइते भएका महनगर–१ का युवराज ओलीको टाउकोमा लाठी लागेको थियो। रगत बहेको उनले बताउँदै उनलाई नजिकैको अन्नपूर्ण न्यूरो अस्पताल लगिएको जनाइएको छ। अहिले प्रहरी–प्रदर्शनकारीबीचको तनाव अझै कायम छ।