१९ चैत, काठमाडौं । एसईई आजदेखि सुरु भएको छ । बिहान ८ बजेदेखि देशैभरि परिक्षा सुरु भएको हो ।
यस वर्ष ५ लाख १२ हजार ४ सय २१ जना परीक्षार्थी सहभागी भएका छन् ।
तीमध्ये नियमिततर्फ ४ लाख ४१ हजार ५ सय ६६ जनाले र ग्रेड वृद्धितर्फ ७० हजार ८ सय ५५ जनाले परीक्षा दिने भएका छन् । परीक्षा दिनेमा छात्राको सङ्ख्या बढी छ ।
यस वर्ष दुई लाख ५७ हजार ६ सय १३ छात्रा, दुई लाख ५४ हजार ८ सय १ छात्र र अन्य सात जना परीक्षामा सहभागी हुनेछन् ।
जापानको एक परीक्षा केन्द्रबाट २३ जनाले परीक्षा दिँदै छन् ।
परीक्षाका लागि देशभर एक हजार ९ सय ६६ परीक्षा केन्द्र निर्धारण गरेको छ भने माध्यमिक तह अध्यापन हुने देशभरका ११ हजार ३ सय ७९ विद्यालयका विद्यार्थी परीक्षामा सहभागी हुनेछन् ।





