राजनीति

प्रदेश खारेज गर्न दुई तिहाइ बहुमत जुटाउन तयार : ज्ञानेन्द्र शाही

१९ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख ज्ञानेन्द्र शाही ले प्रदेश संरचना खारेज गर्न आफ्नो दलले सरकारलाई आवश्यक दुई तिहाइ बहुमत जुटाउन सहयोग गर्ने बताएका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै शाहीले वर्तमान प्रदेश संरचना अनावश्यक र खर्चिलो भएको दाबी गरे। उनका अनुसार प्रदेश संरचना सञ्चालनका लागि वार्षिक करिब १ खर्ब रुपैयाँ खर्च भइरहेको छ, जुन देशका लागि ठूलो आर्थिक भार भएको उनले उल्लेख गरे।

शाहीले संसद्मा प्रदेश संरचना खारेज गर्न १८४ सांसद आवश्यक पर्ने बताउँदै राप्रपा उक्त संख्या १८७ सम्म पुर्‍याउन तयार रहेको दाबी गरे। उनले प्रदेश संरचना राजनीतिक दलका कार्यकर्तालाई व्यवस्थापन गर्न ल्याइएको भन्दै यसको औचित्यमाथि प्रश्न उठाए।

उनको अभिव्यक्तिले संघीय संरचना र प्रदेशको आवश्यकता सम्बन्धी बहसलाई थप तीव्र बनाउने देखिएको छ।