२२ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका डोलप्रसाद अर्याल सभामुखमा निर्विरोध निर्वाचित भएसँगै उनलाई शुभकामना आइरहेको छ ।
यसैक्रममा रास्वपाका उपसभापति तथा अर्थमन्त्री स्वर्णिम वाग्लेले शुभकामना दिँदै सभामुख आर्यालको भुमीका तटस्थ हुनेमा आफु ढुक्क रहेको बताएका छन् ।
आज प्रतिनिधिसभा बैठकमा अर्याललाई सभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दै वाग्लेले यस्तो विश्वास व्यक्त गरेका हुन् ।
साथै उनले सो अवसरमा ३ पुर्व सभामुखहरु दमननाथ ढुंगाना, सुवासचन्द्र नेम्वाङ र कृष्ण प्रसाद भट्टराईले संसदमा खेलेको महत्वपुर्ण भूमिकाको पनि स्मरण गरेका थिए । अग्रजको मर्मलाई बोकेर आफ्नो मौलिकता प्रस्तुत गर्ने विश्वास व्यक्त समेत उनले व्यक्त गरेका छन् ।





