आर्थिक

सिटीपे र छिटो पैसाबीच मर्जर, डिजिटल भुक्तानीमा नयाँ युगको सुरुवात

२२ चैत, काठमाडौं । नेपालको फिनटेक क्षेत्रलाई थप सबल बनाउने उद्देश्यका साथ सिटी वालेट प्रा. लि. र छिटो पैसा प्रा. लि. बीच ऐतिहासिक मर्जर हुने भएको छ ।

यस मर्जर प्रक्रियाको अन्तिम चरणमा पुगेको जानकारी दिँदै कम्पनीले आगामी २०८३ साल वैशाख ०२ गतेलाई ’प्रोपोज्ड माइग्रेसन डेट’ तय गरेको छ । यससँगै छिटो पैसाका सबै सेवाग्राहीहरू अब सिटीपेको अत्याधुनिक डिजिटल इकोसिस्टममा आवद्ध हुनेछन् ।

राइडरहरूका लागि ’अल–इन–वन’ समाधान यो मर्जर विशेष गरी पठाआलगायतका राइड–सेयरिङ प्लेटफर्ममा आबद्ध राइडर, क्याप्टेन र हिरोहरूका लागि कोशेढुङ्गा सावित हुने देखिएको छ । अब उनीहरूले विभिन्न वालेट प्रयोग गर्नुपर्ने झन्झटबाट मुक्ति पाउँदै सिटीपेमार्फत ’अल–इन–वन’ भुक्तानी सेवा प्राप्त गर्नेछन् ।

सिटीपेमार्फत राइडरहरूले पठाओको बक्यौता र जरिवाना तुरुन्तै भुक्तानी गरी आफ्नो एकाउन्ट सक्रिय राख्न सक्नेछन् । यसका साथै, सिटीपेमा आबद्ध हुने राइडरहरूका लागि विशेष क्यासब्याक अफर र लोयल्टी रिवाड्र्सको समेत व्यवस्था गरिएको छ । एउटै एपबाट व्यक्तिगत खर्च र कारोबार व्यवस्थापन गर्न सकिने हुनाले राइडरहरूको दैनिकी थप सहज बन्ने विश्वास गरिएको छ ।

सुरक्षित र बहुउपयोगी सुविधाहरू नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त सिटीपे उच्च स्तरको इन्क्रिप्शन प्रविधिद्वारा सुरक्षित छ ।

एपमार्फत सेवाग्राहीले निम्न सुविधाहरू


वाइड मर्चेन्ट नेटवर्क Fonepay, NepalPay र Smart QR मार्फत देशभरका लाखौँ मर्चेन्टहरूमा भुक्तानी गर्न सकिने ।

टिकटिङ सेवास् आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई जहाज र बसको टिकट घरमै बसी बुकिङ गर्न सकिने ।

सरकारी भुक्तानीस् राजस्व, ट्राफिक जरिवाना र अन्य सरकारी करहरू सिधै भुक्तानी गर्न सकिने ।

“हामी छिटो पैसाका हरेक ग्राहक र विशेष गरी सडकमा पसिना बगाउने राइडर हिरोहरूलाई सिटीपेको परिवारमा स्वागत गर्न आतुर छौँ’’, मर्जरका बारेमा बोल्दै सिटीपे वालेटका सीईओ विनय रेग्मीले भने, ‘‘यो मर्जर केवल दुई संस्थाको मिलन मात्र नभई, सेवाग्राहीहरूका लागि थप सुविधा, सुरक्षा र लाभको ग्यारेन्टी हो ।“

सेवाग्राहीहरूले यो सेवा उपभोग गर्नका लागि गुगल प्ले स्टोरबाट वा एप्पल एप स्टोरबाट डाउनलोड गर्न सक्नेछन् । थप जानकारीका लागि कम्पनीको आधिकारिक वेबसाइट वा ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न सकिनेछ ।