कृषि

कालीमाटीमा सबैभन्दा सस्तो तरकारी आलु, महँगियो गोलभेँडा

३ बैशाख, काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।

कालीमाटीमा आज केही तरकारीको मूल्य थोरै घटबढ् हुँदा धेरैजसो तरकारी हिजोअस्तीकै भाउमा किनबेच भइरहेको समितिले जनाएको छ।

कालीमाटीमा आज ठूलो भारतीय गोलभेँडा ७५, सानो लोकल गोलभेँडा ३६, रातो आलु २१, भारतीय आलु २३, भारतीय सुकेको प्याज ३५, तराईको गाँजर २७, लोकल बन्दा ४२, स्थानीय काउली ५०, लाम्चो भन्टा ५६, डल्ले भन्टा ६५, हाइब्रिड मुला ३० रुपैयाँ प्रतिकिलो छ।

त्यसैगरि तनेबोडी ९०, लौका ३५, घिरौँला ४२, परबल ९०, हरियो डल्ले फर्सी ४५, पाकेको फर्सी ५५, भिन्डी ८०, कन्य च्याउ १८०, डल्ले च्याउ ३७५, कुरिलो ४००, न्यूरो ७५, ब्रोकाउली ८३, चुकन्दर ४५ रुपैयाँ प्रतिकिलो छ।