४ वैशाख, काठमाडौँ । डिस मिडिया नेटवर्कले प्रदान गर्ने इन्टरनेटले एक वर्षको रकम तिर्दा पनि बिचैमा ग्राहकको लाइन काटेको भेटिएको छ । काठमाडौँको नयाँ बानेश्वर स्थीत एक जना सर्वसाधारणको घरमा १० हजार ५४० रुपैयाँ रकम तिरेको रसिद देखाउँदै उनले आफू अन्यायमा परेको सुर्यखबरलाई बताए ।
उनले भने, ‘आफूले कहाँ गएर कम्प लेन गर्ने थाहै भएन, आफू काठमाडौँ बाहिर छु, डिस होमले पैसा चैं लियो तर इन्टरनेट बिचमा नै काटिदिएछ, घरमा छोराछोरी र श्रीमती हुनुहुन्छ, इन्टरनेट चलेन भनेर गुनासो आइरहेको छ’
इन्टरनेट कम्पनीहरूको बदमासी भनौँ वा के हो ? दुई तिहाई मतको सरकारले डिस होमले जनतालाई यस्ता प्रकारका दिएको हर्कतको बारेमा खोजविनै गर्ने हो कि ?
एकातिर ग्राहकलाई महँगो इन्टरनेट सेवा गर्ने सेवा प्रदायक कम्पनीहरूले यसरी सेवा समाप्त हुनु अगावै लाइन काट्ने कार्यले इन्टरनेट सेवा लिने ग्राहकलाई कस्तो मानसिक दबाब होला ? अर्को कम्पनीको इन्टरनेट सेवा लिन पनि अझै धेरै महिना बाँकी छ, अर्को कम्पनीमा पनि कोही चिनेको छैन, सीधै गएर सामान्य पसलमा लिने हो, यस्तै भयो भने के भन्ने, कसलाई प्रश्न गर्ने ? उनले भने । २१ औँ शताब्दीलाई एआई सम्म ल्याउन सबैभन्दा महत्त्वपूर्ण भूमिका खेल्ने इन्टरनेट, विश्वलाई साँघुरो घेरामा पार्न बाध्य पार्ने इन्टरनेट र त्यो सेवा प्रदान गर्ने कम्पनीले मुनाफा भन्दा सेवामा ध्यान दिनुपर्नेमा अत्यन्तै महँगोमा एकदम कमसल स्तरको इन्टरनेट सेवा प्रदान गर्ने जनगुनासो त छंदैछ त्यसमा पनि रकम तिरेको मिति भन्दा पनि अगाडी नै लाइन काट्नाले इन्टरनेट सेवा प्रदायक कम्पनीमाथि पनि प्रश्न चिन्ह खडा हुन सक्छ होला ?
नियामक निकायले अनुसन्धान गरी गलत गरेको भेटिए कारबाही गर्नुपर्ला नि नपर्ला ? सुर्यखबरले डिसहोमका कर्मचारी भुपाल बस्नेतलाई सम्पर्क गर्दा पहिलो फोन उठाएनन् भने उनले म मिटिङ्गमा छु भनेर सन्देश पठाए । धेरै प्रयासछिको सम्पर्कमा ग्राहको ग्राहक नम्बर आफूलाई पठाउन आग्रह गर्दै त्यसको कम्पन सेसन कम्पनीले गर्ने बताए । सर्बसाधारण नागरिकले इन्टरनेट राम्रोसँग चलाउने कि कम्पनसेसनका लागि झन्झट बेहोर्दै, दुखेसो पोख्दै हिँड्ने त्यो भने नियामक निकाय, पीडक डिस होम तथा सर्बसाधारण नागरिकले आफैँ मूल्याङ्कन गर्लान् नै ।
संचार मन्त्रालयका प्रवक्ता उदय बहादुर रानामगरका अनुसार गलत गरेको भेटिए मन्त्रालयले गलत गरेको भेटिए कानुन बमोजिम जोसुकैलाई कारबाही गर्छ । प्रवक्ताले सुर्यखबर प्रतिनिधिलाई थपे म थप के भएको हो बुभ्छु त्यसपछि तपाईलाई सम्पर्क गर्छु’
महँगा महँगा विज्ञापन गर्ने, राम्रा राम्रा अफर दिएर सर्वसाधारणलाई झुक्क्याउने तर सेवा भने पैसा तिरेको अबधीसम्म समेत दिन नसक्ने कार्य गलत भएको बानेश्वरका बासिन्दा सरोज थापाले बताए । उनले भने म पनि डिस होमको इन्टरनेटले पीडित हुँ एक त सेवा अत्यन्तै झर छ त्यसमा पनि विल काटेको भन्दा अगाडी नै पटक पटक लाइन काटिने समस्या । उनले भने मैले डिसहोममा काम गर्ने एक जना कर्मचारी चिनेका कारण लाइन भने समयमै जोडिदियो तर पटक पटक काटिन छाडेन ।






