६ बैशाख, काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।
कालीमाटीमा आज बोडी, लौका, घिरौँला, भिन्डी, कन्य च्याउ, ब्रोकाउलीसहितका तरकारीको भाउ घटेको छ। कतिपय तरकारी भने हिजोअस्तीकै भाउमा किनबेच भइरहेको समितिले जनाएको छ।
कालीमाटीमा आज ठूलो भारतीय गोलभेँडा ७५, सानो लोकल गोलभेँडा ३०, रातो आलु २१, भारतीय आलु २३, भारतीय सुकेको प्याज ३६, तराईको गाँजर २७, लोकल बन्दा ४७, स्थानीय काउली ४०, लाम्चो भन्टा ४५, डल्ले भन्टा ६५, हाइब्रिड मुला २५ रुपैयाँ प्रतिकिलो छ।
त्यसैगरि तनेबोडी ७०, लौका २२, घिरौँला ३०, परबल ९५, हरियो डल्ले फर्सी ३५, पाकेको फर्सी ५५, भिन्डी ४०, कन्य च्याउ १३५, डल्ले च्याउ ४२५, कुरिलो ४००, न्यूरो ७५, ब्रोकाउली ५५, चुकन्दर ५० रुपैयाँ प्रतिकिलो छ।
कालीमाटीमा हिजो ठूलो भारतीय गोलभेँडा ७५, सानो लोकल गोलभेँडा ३२, रातो आलु २१, भारतीय आलु २३, भारतीय सुकेको प्याज ३६, तराईको गाँजर २७, लोकल बन्दा ५०, स्थानीय काउली ४०, लाम्चो भन्टा ४५, डल्ले भन्टा ६५, हाइब्रिड मुला २३ रुपैयाँ प्रतिकिलो थियो।
त्यसैगरि तनेबोडी ९५, लौका ३०, घिरौँला ४३, परबल ९५, हरियो डल्ले फर्सी ४२, पाकेको फर्सी ५५, भिन्डी ५०, कन्य च्याउ १५०, डल्ले च्याउ ३७७, कुरिलो ४००, न्यूरो ७५, ब्रोकाउली ६०, चुकन्दर ५० रुपैयाँ प्रतिकिलो थियो ।





