समाचार

हर्क साम्पाङको फेसबुक पेज फिर्ता भयो

१० बैशाख, काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङको फेसबुक पेज पुनः सञ्चालनमा आएको छ ।

हर्क साम्पाङ अ रिभोल्युसनु नाम गरेको उनको फेसबुक पेज पुनः सञ्चालनमा आएको हो ।

१४ लाखभन्दा बढीले फलोअर्स भएको साम्पाङको पेजमा केही दिन अघि बन्द भएको थियो ।

फेसबुकले लगाएको सामाजिक मापदण्ड विपरीत क्रियाकलाप भएको भन्दै उनीविरुद्ध अत्यधिक रिपोर्ट परेपछि फेसबुक बन्द भएको हो ।

साम्पाङले बिहीबार दिउँसो काठमाडौको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएपछि काठमाडौंको यलम्बर अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण गरियोु भन्दै विमानस्थलको नाम परिवर्तनको आशय झल्किने पोस्ट गरेका थिए ।