२७ बैशाख, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले पछिल्लो समय चालेका प्रशासनिक कदमहरूले राजनीतिक वृत्तमा तरंग ल्याएको छ।
यसै सन्दर्भमा पूर्व सचिव भीम उपाध्यायले बालेनका निर्णयहरूबाट रुष्ट पुर्व प्रधानमन्त्री शुसिला कार्कीको हालैको अभिव्यक्तिलाई लिएर गरेको एक व्यङ्ग्यात्मक फेसबुक स्टेटस सार्वजनिक गरेका छन् ।
उपाध्यायले आफ्नो स्टेटस मार्फत बालेनले कार्कीको दोहोरो गाडी सुविधा खोसेको, कार्कीले नियुक्ति दिएको राष्ट्रिय प्रकृति कोष अध्यक्षबाट घोक्रेठ्याक लगाएको र राजनीतिक पहुँचका आधारमा भएको राष्ट्रिय सभा सदस्यको मनोनयन समेत खारेज गरिदिएको विषयलाई मुख्य रूपमा उठाएका छन्।
उनले यी घटनाक्रमलाई जोड्दै व्यङ्ग्यात्मक शैलीमा लेखेका छन्, “अनि पत्ताचोट रिस किन नउठोस् आमैलाई !” । यति मात्र होइन, बालेनकी पत्नी सबिना काफ्लेलाई ‘आमा’ भन्नू भन्दै पत्रकारमाथी पोखेको आक्रोश प्रति पनि उपाध्यायले कटाक्ष गरेका छन्।
शनिबार पत्रकारले आमा भनेपछि रिसले चुर कार्कीले प्रधानमन्त्री बालेन साहको श्रीमतिलाइ आमा भन्नू भनेकी थिइन्।
“को आमा ? अब बालेनकी बुढीलाई आमा भन् रे ! हद हुन्छ नि हेप्नी पनि !” भन्दै उनले व्यङ्ग्य गरेका छन् ।
बालेनको ‘नो कम्प्रोमाइज’ नीतिले परम्परागत राजनीतिक शक्तिहरूमा छटपटी बढाएको र सामाजिक सञ्जालमा यस विषयमा पक्ष-विपक्षमा चर्को बहस भइरहेको छ।






