मनोरञ्जन

अरुणकुमार प्रधान चलचित्र निर्देशक समाजको अध्यक्षमा भारि मतले विजयी

६ जेठ, काठमाडौं । चलचित्र निर्देशक समाजको अध्यक्षमा अरुणकुमार प्रधान निर्वाचित भएका छन् । १०९ मत प्राप्त गर्दै उनी नयाँ कार्यकालका लागि निर्वाचित भएका हुन् ।

उनका प्रतिस्पर्धी अध्यक्ष पदका अर्का उमेरदवार जनकदीप पराजुलीले ४६ मत प्राप्त गरे । जम्मा १५९ मत खसेको थियो ।

उपाध्यक्षमा सुभास गजुरेल र दीपक वली विजयी भएका छन् । महासचिवमा समुन्द्र भट्ट विजयी भएकी छन् भने सचिवमा राजबहादुर साने विजयी भएका छन् ।

कोषाध्यक्षमा जनक खड्का निर्विरोध निर्वाचित हुँदा सह-कोषाध्यक्षमा उत्सव केसी विजयी भएका छन् ।

सदस्यहरूमा लक्ष्मण सुवेदी, लक्ष्मण सुनार, साकार पन्त, अमर दीप सापकोटा, शिव शर्मा कँडेल र हस्तबहादुर लिम्बू निर्विरोध निर्वाचित भएका छन् । महाधिवेशनबाट निर्वाचित कार्यसमितिको कार्यकाल ३ वर्षको हुनेछ ।