समाचार

बालेन सरकारलाई ट्रेड युनियन हटाउने बाटो खुल्यो

२९ जेठ, काठमाडौं । अन्ततः बालेन्द्र शाह नेतृत्वको सकारलाई विभिन्न ट्रेड युनियनहरू खारेज गर्ने बाटो खुलेको छ ।

सर्वोच्च अदालतले ट्रेड युनियनहरू खारेज गर्ने अध्यादेश र त्यसको व्यवस्था कार्यान्वयन नगर्नु भनी जारी भएको अन्तरिम आदेशलाई निरन्तरता दिन नपर्ने अर्को आदेश गरेको हो ।

संवैधानिक इजलाशको यो आदेशसँगै ट्रेड युनियनको व्यवस्था हटाइएको निजामती अध्यादेश कार्यान्वयन गर्ने बाटो खुलेको हो।