३० जेठ, काठमाडौं । नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले पार्टीभित्र देखिएको संवादहीनता अन्त्य गर्न पाँच शीर्ष नेतालाई ध्यानाकर्षण पत्र पठाउँदै आफूले अघि सारेको ७ बुँदे प्रस्तावमा चाँडै छलफल गर्न आग्रह गरेका छन्।
शर्माले डा. शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला र डा. शशांक कोइरालासँग ‘चिया बैठक’ आयोजना गरी प्रस्तावमाथि खुला छलफल गर्न अनुरोध गरेका हुन्। उनले प्रस्तावबारे हालसम्म कुनै औपचारिक प्रतिक्रिया वा छलफल नभएको भन्दै सकारात्मक संवादको अपेक्षा व्यक्त गरेका छन्।





