ब्रेकिङ न्युज

सीमा विवादबारे प्रधानमन्त्रीको भनाइको चौतर्फी विरोध

३० जेठ, विराटनगर । कोशी प्रदेशसभामा सत्तापक्ष र प्रतिपक्षका सांसदहरूले सीमा समस्याबारे प्रधानमन्त्रीको अभिव्यक्तिको कडा आलोचना गर्दै त्यसप्रति सदनबाट खेद प्रस्ताव पारित गर्न माग गरेका छन्।

शनिबार बसेको प्रदेशसभा बैठकमा नेकपा (एमाले) र नेकपाका सांसदहरूले प्रधानमन्त्रीको भनाइ गैरजिम्मेवार र अक्षम्य भएको टिप्पणी गर्दै राष्ट्रियता र सीमाको विषयमा सरकारले स्पष्ट तथा जिम्मेवार भूमिका खेल्नुपर्ने बताएका हुन्।

सांसदहरूले सुस्ता क्षेत्रमा भारतीय प्रहरीको प्रवेशप्रति सरकारको प्रभावकारी प्रतिक्रिया नआएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। सीमा सुरक्षामा खटिएका स्थानीय नागरिकको समर्थन गर्दै उनीहरूमाथि कुनै कानुनी कारबाही नगर्न पनि सरकारसँग माग गरिएको छ।