३ असार, काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ ।
सुन तोलामा १ हजार २ सय र चाँदी १० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आज एक तोला सुनको मूल्य दुई लाख ९७ हजार ३ सय कायम भएको छ भने त्यति नै परिमाणको चाँदी चार हजार ९८० रुपैयाँ कायम भएको छ ।
मंगलबार एक तोला सुनको मूल्य दुई लाख ९८ हजार ५ सय र चाँदी चार हजार ९९० रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ३४९ र त्यति नै परिमाणको सेतो धातुको ७० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।





