समाचार

ऊर्जामा ५ खर्ब लगानी, त्यसको १०% हिस्सा कुन बैंकको ?

९ असार, काठमाडौं ।  वाणिज्य बैंकहरूले चालु आर्थिक वर्षको चैतसम्म ऊर्जा क्षेत्रमा ५ खर्ब रुपैयाँ लगानी गरेका छन्, जुन कुल कर्जाको ९.५१ प्रतिशत हो। यसमध्ये नबिल बैंक एक्लैले ५१ अर्ब रुपैयाँ (करिब १० प्रतिशत हिस्सा) लगानी गरेको छ।

नबिलले हालसम्म ५८ जलविद्युत् आयोजनामा लगानी गरेको छ, जसमा ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजना समेत समावेश छ। बैंकका अनुसार सबै आयोजना सञ्चालनमा आएपछि करिब ३ हजार मेगावाट विद्युत् उत्पादन हुनेछ।

बैंकले विद्युतीय सवारीसाधनमा ६ अर्ब र ऊर्जा बन्डमा १ अर्ब ६८ करोड रुपैयाँ लगानी गरेको जनाएको छ।