ब्रेकिङ न्युज

उच्च शिक्षामा नयाँ नेतृत्व, कुन विश्वविद्यालयमा को काे भए नियुक्त ?

१९ असार, काठमाडौं । सरकारले देशका सात विश्वविद्यालयमा नयाँ उपकुलपति नियुक्त गरेको छ। कुलपतिसमेत रहेका प्रधानमन्त्री बालेन शाहले सिफारिस समितिको सिफारिसका आधारमा शुक्रबार उपकुलपतिहरू नियुक्त गरेका हुन्।

नियुक्ति अनुसार त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा डा. भोला थापा, सुदूरपश्चिम विश्वविद्यालयमा किसन दत्त भट्ट, मध्यपश्चिम विश्वविद्यालयमा राजन सुवाल, कृषि तथा वन विश्वविद्यालयमा ऋषिराम कट्टेल, राजर्षि जनक विश्वविद्यालयमा श्यामनारायण लाभ, पोखरा विश्वविद्यालयमा देवेन्द्र अधिकारी तथा पूर्वाञ्चल विश्वविद्यालयमा सुजन बाबु मरहट्टा नियुक्त भएका छन्।

शिक्षामन्त्री सस्मित पोखरेलको संयोजकत्वमा गठन भएको उपकुलपति सिफारिस समितिले खुला प्रतिस्पर्धामार्फत उम्मेदवार छनोट गरी सरकारलाई सिफारिस गरेको थियो।

उक्त सिफारिसका आधारमा प्रधानमन्त्री तथा सम्बन्धित विश्वविद्यालयका कुलपतिले सातै विश्वविद्यालयमा नयाँ उपकुलपतिहरू नियुक्त गरेका हुन्।