बैंकिङ

सिंगापुरबाट नेपाल एसबिआई बैंकलाई चार अन्तर्राष्ट्रिय बैंकिङ सम्मान

असार १९ , काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले सिंगापुरस्थित एसियन बैंकिङ एन्ड फाइनान्स (एबीएफ) ले प्रदान गर्ने होलसेल बैंकिङ पुरस्कार २०२६ र रिटेल बैंकिङ पुरस्कार २०२६ अन्तर्गत चार प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गरेको छ।

बैंकले जारी गरेको विज्ञप्तिअनुसार होलसेल बैंकिङतर्फ ‘नेपाल घरेलु तरलता व्यवस्थापन वर्षको बैंक’ र ‘नेपाल घरेलु व्यापार वित्त वर्षको बैंक’ तथा रिटेल बैंकिङतर्फ ‘नेपाल वर्षको रिटेल बैंक’ र ‘नेपाल वर्षको साना तथा मझौला उद्यम (एसएमई) बैंक’ का रूपमा सम्मानित भएको हो।

बैंकका अनुसार यी अन्तर्राष्ट्रिय पुरस्कारले तरलता व्यवस्थापन, व्यापार वित्त, उत्कृष्ट बैंकिङ अभ्यास, प्रविधिमैत्री सेवा तथा नवप्रवर्तनमा बैंकले गरेको कार्यको अन्तर्राष्ट्रिय स्तरमा भएको सम्मान र मूल्यांकनलाई प्रतिबिम्बित गरेका छन्।

बैंकले यस उपलब्धिका लागि आफ्ना ग्राहक, सेयरधनी तथा नियामक निकायप्रति आभार व्यक्त गर्दै आगामी दिनमा अझ गुणस्तरीय, विश्वसनीय र आधुनिक बैंकिङ सेवा प्रदान गर्दै देशको आर्थिक विकासमा थप योगदान पुर्‍याउने प्रतिबद्धता जनाएको छ।

विगत ३२ वर्षदेखि नेपालमा बैंकिङ सेवा प्रदान गर्दै आएको नेपाल एसबिआई बैंकका हाल देशभर १०३ शाखा, २२ विस्तारित सेवा काउन्टर, ७ प्रादेशिक कार्यालय, २१ शाखारहित बैंकिङ सेवा केन्द्र, १२७ एटीएम तथा एक कर्पोरेट कार्यालय सञ्चालनमा रहेका छन्।