२० असार, काठमाडौँ । काठमाडौँको न्युरोडमा रहेको एक रेष्टुरेन्टलाई २ लाख जरिवाना गरिएको छ ।
शुक्रबार खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग सहितको अनुगमन टोलीले न्युरोडको कर्नर प्वइन्ट रेस्टुरेन्ट एन्ड बारलाई २ लाख १ हजार जरिवाना गरेको हो ।
सो रेस्टुरेन्टमा प्रयोग गरिएका केही खाद्य सामाग्री गुणस्तरहीन भेटिएका कारण उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम जरिवाना गरिएको गुण नियन्त्रण विभागले जनाएको छ ।
जरिवाना गरिएको विभागले जनाएको छ । अनुगमनका क्रममा रेस्टुरेन्टको पिजा बेसमा प्रयोग गर्ने तेलमा मरेको साङ्ला भेटिएको र म्याद नाघेको फ्रुट सिरप प्रयोग गर्ने गरेको पाइएको विभागले जनाएको छ ।





