ब्रेकिङ न्युज

बहुचर्चित नक्कली शरणार्थी प्रकरण – ७ जना निर्दोष, बाँकी अभियुक्त दोषी ठहर

२३ असार, काठमाडौं । बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौंले फैसला सुनाउँदै अभियुक्तमध्ये सात जनालाई सफाइ दिएको छ भने बाँकी अभियुक्तहरूलाई विभिन्न कसुरमा दोषी ठहर गरेको छ।

न्यायाधीश तेजबहादुर खड्काको इजलासले ठगी, संगठित अपराध तथा राज्यविरुद्धको कसुरसम्बन्धी मुद्दामा सुनुवाइ गर्दै उक्त निर्णय गरेको हो।

अदालतले अभियोजन गरिएकामध्ये सात जनाविरुद्ध पर्याप्त प्रमाण नदेखिएको निष्कर्ष निकाल्दै उनीहरूलाई सफाइ दिएको हो। अन्य अभियुक्तहरू भने अभियोग पुष्टि भएपछि दोषी ठहर भएका छन्।

दोषी ठहर भएका व्यक्तिहरूको सजाय निर्धारण भने अदालतले आगामी चरणमा छुट्टै सुनुवाइमार्फत गर्नेछ। अदालतको पूर्णपाठ सार्वजनिक भएपछि कसुरको प्रकृति, सजाय र सफाइ पाउनेहरूको विस्तृत विवरण स्पष्ट हुने अपेक्षा गरिएको छ।

हेर्नुहोस् सूची:

नामफैसलाकुन कसुर ?
बालकृष्ण खाँणदोषी ठहरठगी तथा संगठित अपराध(मतियार)
टोपबहादुर रायमाझीदोषी ठहरसंगठित अपराध, राज्यविरुद्ध (एकीकृत कसुर)
टेकनारायण पाण्डेदोषी ठहरसंगठित अपराध, राज्यविरुद्ध (एकीकृत कसुर)
टेकनाथ रिजालदोषी ठहरठगी, संगठित अपराध,  ठगी तथा संगठित अपराध(मतियार)
सानु भण्डारीदोषी ठहरसंगठित अपराध, राज्यविरुद्ध (एकीकृत कसुर)
केशव दुलालदोषी ठहरसंगठित अपराध, राज्यविरुद्ध (एकीकृत कसुर)
टंककुमार गुरुङसफाइसबै आरोपबाट सफाइ
सन्दिप रायमाझीसफाइसबै आरोपबाट सफाइ
रामशरण केसीसफाइसबै आरोपबाट सफाइ
सन्देश शर्मादोषी ठहरसंगठित अपराध, राज्यविरुद्ध (एकीकृत कसुर)
गोविन्द चौधरीदोषी ठहरसंगठित अपराध, राज्यविरुद्ध (एकीकृत कसुर)
आशिष बुढाथोकीसफाइसबै आरोपबाट सफाइ
सागर राईदोषी ठहरसंगठित अपराध, राज्यविरुद्ध (एकीकृत कसुर)
शम्सेर मियाँदोषी ठहरठगी, संगठित अपराध(मतियार)
आङटावा शेर्पादोषी ठहरसंगठित अपराध, राज्यविरुद्ध (एकीकृत कसुर)
डा. इन्द्रजीत राईदोषी ठहरसंगठित अपराध, राज्यविरुद्ध (एकीकृत कसुर)
नरेन्द्र केसीदोषी ठहरठगी,  संगठित अपराध(मतियार)
केशव तुलाधर
हरिभक्त महर्जनदोषी ठहर ठगी तथा संगठित अपराध(मतियार)
लक्ष्मी महर्जनसफाइसबै आरोपबाट सफाइ
मोहनराज राई
निरञ्जन कुमार खरेलदोषी ठहर ठगी तथा संगठित अपराध(मतियार)
केशव तुलाधरसफाइसबै आरोपबाट सफाइ
प्रतिक थापासफाइसबै आरोपबाट सफाइ
बेचन झा दोषी ठहर ठगी