समाचार

हामी सबै नेपाली नेपाल आमाका सन्तान भन्ने बुझाइ नआऊन्जेल देशमा उन्नति हुँदैन : हर्क

२४ असार, काठमाडौं । प्रतिनिधि सभा सदस्य हर्क साम्पाङले नेपाली समाजमा व्याप्त शारीरिक बनोट (नाक, आँखा, जुँगा) का आधारमा गरिने विभेद र यसले देशको समग्र उन्नतिमा पारेको नकारात्मक असरप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्।

आफ्नो फेसबुक स्टेटस मार्फत उनले यस्तो ‘मानसिक दरिद्रता’ ले देशलाई कहिल्यै अगाडि बढ्न नदिने भन्दै सबैलाई सोच परिवर्तन गर्न आह्वान गरेका छन्।

साम्पाङले आफ्नो पोस्टमा मानिसहरूले एकअर्काको नाकको आकार (थ्याप्चो वा चुच्चो)र आँखाको आकार (चिम्सो वा ठूलो) लाई लिएर घृणा गर्ने गरेको तितो यथार्थ औंल्याएका छन्।

उनले भनेका छन्, “कि त मान्छे अनुहार बिनाको हुनु पर्छ कि त आँखा बिनाको ! अनुहारमा नाक थ्याप्चो र आँखा चिम्सो छ भने नाक चुच्चो र आँखा ठुलो हुनेले मन नपर्ने ! अनुहारमा

साम्पाङले ‘फूलको आँखामा फूलै संसार’ भन्ने उखानको सन्दर्भ दिँदै, मानिसको आँखाले फूल र सुगन्धको सट्टा किन केवल नाक मात्र देखेको भन्दै प्रश्न गरेका छन्।

उनले यस समस्याको समाधानका लागि सबै नेपालीले आफ्नो सोच र विचार बदल्नुपर्ने आवश्यकता औंल्याएका छन्।

“हामी सबै नेपाली नेपाल आमाका सन्तान भन्ने बुझाइ नआऊन्जेल देशमा उन्नति हुँदैन !” उनको स्पष्ट भनाइ छ।

उनले यस्तो विभेदजन्य अपराधले देशलाई खरानी बनाइरहने चेतावनी पनि दिएका छन्।

यस सन्दर्भमा, समाजका हरेक वर्ग र समुदायले एकअर्काको शारीरिक भिन्नतालाई सम्मान गर्दै, व्यक्तिको क्षमता र योगदानलाई प्राथमिकता दिनु अपरिहार्य देखिन्छ।