राजनीति

प्रधानमन्त्री बालेनले किन बोलाए मन्त्रिपरिषद् बैठक ?

२४ असार, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले बुधबार मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।

प्रधानमन्त्री शाहले आज अपराह्न साढे ३ बजे मन्त्रिपरिषद्को बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक बस्नेछ।

यसअघि असार १८ गते मन्त्रिपरिषद् बैठक बसेको थियो।