ब्रेकिङ न्युज

युवकले किन लगाए आफ्नै शरीरमा आगो ?

२५ असार, काठमाडौं । काठमाडौँमा एक युवकलेआफ्नै शरिरमा आगो लगाएका छन् ।

आह दिउँसो युवकले आफ्नै शरीरमा पेट्रोल खन्याएर त्रिपुरेश्वरस्थित राहदानी विभागको अगाडि आत्मदाहको प्रयास गरेका हुन्।

आगो लाग्ने वितिक्क प्रहरीले उद्धार गरेर उपचारका लागि वीर अस्पताल पुर्‍याएको जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रवक्ता एसपी पवनकुमार भट्टराईले बताए।

एसपी भट्टराईका अनुसार, युवकको वीर अस्पतालमा उपचार भइरहेको छ। उनको परिचय खुल्न बाँकी रहेको भट्टराईले बताए।

युवकले किन आत्महाद गर्न खोजेका हुन भन्ने पनि खुलेको छैन। यस विषयमा सोधपुछ भइरहेको प्रहरीले जनाएको छ।