आर्थिक

किन रोकिएन नेप्सेको गिरावट ?

२६ असार, काठमाडौं । साताको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले घटेको छ। बिहीबार नेप्से १.१३ अंकले घटेर २,६१०.६८ विन्दुमा कायम भएको हो।

नेप्सेका अनुसार ठूला कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.५८ अंक घटेर ४५३.६० विन्दुमा पुगेको छ। फ्लोट सूचक ०.१५ अंक बढेर १७८.५२ पुगे पनि सेन्सेटिभ फ्लोट सूचक ०.१९ अंक घटेर १५३.४७ मा झरेको छ।

आज बजारमा १ करोड ६ लाख ६० हजार ५३७ कित्ता सेयर ६ अर्ब ८६ करोड ७ लाख १८ हजार ६५८ रुपैयाँ बराबरमा कारोबार भएको छ।

१३ उपसमूहमध्ये ६ उपसमूहको सूचक बढ्दा ७ उपसमूह घटेका छन्। कारोबार भएका कम्पनीमध्ये १२० कम्पनीको सेयर मूल्य बढेको, १३५ कम्पनीको घटेको छ।

आज आत्मनिर्भर लघुवित्त वित्तीय संस्था, कुमारी इक्विटी फण्ड र कालंगा हाइड्रोका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन्। यता भगवती हाइड्रोपावर डेभलपमेन्ट, एनआईबिएल स्टेबल फन्ड र सिटिजन बैंक डिबेञ्चरका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन्।