ब्रेकिङ न्युज

प्रतिनिधि सभाको बैठक २ साताका लागी स्थगित

३१ असार, काठमाडौं । प्रतिनिधि सभाको बैठक दुई साताका लागि स्थगित भएको छ।

आज प्रतिनिधि सभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले दुई साताका लागि बैठक स्थगित गरिएको जानकारी दिएका हुन्।

प्रतिनिधि सभाको अर्को बैठक आउँदो साउन १४ गते बिहान ११ बजे बस्नेछ।

सरकारले संसद्लाई बिजनेस नदिएपछि प्रतिनिधि सभाको बैठक दुई साता स्थगित गरिएको हो। बुधबार प्रतिनिधि सभाको बैठक बस्नुअघि कार्यव्यवस्था परामर्श समितिको बैठकमा दुई साता स्थगित गर्ने सहमति बनेको थियो।

कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुख अर्यालले संसद्मा बिजनेस नभएको जानकारी गराएका थिए। त्यसपछि संसद्मा प्रतिनिधित्व गर्ने सबै दलका प्रमुख सचेतकले दुई सातालाई बैठक स्थगित गर्न सहमति जनाएका थिए ।