अन्तर्राष्ट्रिय

युक्रेनमा रूसी आक्रमण, छ जनाको मृत्यु

३१ असार, काठमाडौं ।  युक्रेनमा बुधवार भएको रूसी आक्रमणका कारण छ जनाको मृत्यु हुनुका साथै कम्तिमा २० जना घाइते भएको अधिकारीहरूले बताएका छन् ।

अधिकारीहरुका अनुसार आक्रमणहरूले कालो सागरको बन्दरगाह शहर ओडेसा र रूसको सीमा नजिकैको उत्तरपूर्वी शहर सुमीका औद्योगिक तथा चिकित्सा सुविधाहरूलाई लक्षित गरेको थियो ।

रूसी पक्षबाट छ वटा निर्देशित हवाई बम प्रहार गरिएको बताउदै सुमीका क्षेत्रीय गभर्नर ओलेग ग्रिगोरोभले यस क्षेत्रमा तीन जनाको मृत्यु भएको हुनका साथै १७ जना घाइते भएको पुष्टि गरेका छन् ।

मृतक मध्ये एक महिला र एक जना पुरुष रहेको बताउदै उहाँले “अर्को एक जना लाई अत्यन्त गम्भीर चोट लागेको बताएका छन्।

ओडिसाले आफ्नो बन्दरगाह र नागरिक पूर्वाधारलाई लक्षित गरी रूसी ड्रोन र मिसाइल आक्रमण गरेकोको अधिकारीहरूले बताएका छन्

ओडेसा क्षेत्रमा व्यापक संयुक्त क्षेप्यास्त्र र ड्रोन आक्रमण लगातार पाँचौँ दिन सम्म जारी रहेको गभर्नर ओलेग किपरले बताएका छन्।

उनका अनुसार तीन जनाको मृत्यु भएको छ भने कम्तीमा तिन जना घाइते भएका छन् ।

गत मङ्लबार, संयुक्त राष्ट्र सङ्घले सन् २०२६ को पहिलो आर्ध बार्षिकमा नागरिक मृत्युको तीव्र वृद्धि भएको जनाएको छ ।