आर्थिक

सुनको मूल्य ३ हजार १ सयले रुपैयाँले घट्यो

१ साउन, काठमाडौं । साताको कारोबारको छैठौँ दिन आज सुनको मूल्य घटेको छ ।

कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला तीन हजार एक सय रुपैयाँले घटेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला दुई लाख ८५ हजार दुई सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज तीन हजार एक सय रुपैयाँले घटेर दुई लाख ८२ हजार एक सय रुपैयाँमा कारोबार भईरहेको छ ।

सुनको मूल्य तीन हजार एक सय रुपैयाँले घटेर दुई लाख ८२ हजार एक सय रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य १२५ रुपैयाँले घटेर प्रतितोला ४२ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य दुई लाख ४१ हजार ८ सय ५५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ३६०१ रुपैयाँ कायम भएको छ ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ