१ साउन, काठमाडौं । संघीय संसद्का सांसदले आगामी भदौ २९ गतेसम्म सम्पति विवरण बुझाउनुपर्ने भएको छ।
उपसचिव अधिराज राईले आज जारी गरेको विज्ञप्तिमा राष्ट्रियसभा र प्रतिनिधिसभाका सांसदलाई ६० दिनभित्र विवरण बुझाउन भनिएको छ ।
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० को (१) र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३१ को उदफा (१)को प्रयोजनका लागि विवरण बुझाउनुपर्ने उल्लेख छ ।
आफ्नो वा आफ्नो परिवारको नाममा रहेको सम्पत्ति स्रोत वा निस्सासहितको विवरण खामबन्धि गरेर बुझाउन भनिएको छ ।






