७ साउन, काठमाडौं । प्रहरीले सिरहामा गोली चलाएर लागू पदार्थ कारोबारिलाई पक्राउ गरेको छ।
लागूऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरको टोलीले गोली चलाएर ६ जनालाई नियन्त्रणमा लिएको हो ।
सिरहाको लहानस्थित हस्पिटल चोकमा आज दिउँसो गोली चलाएर ५ भारतीय र १ नेपालीलाई नियन्त्रणमा लिएको हो ।
उनीहरूको साथबाट खैरो हिरोइन २२५ ग्राम बरामद भएको प्रहरीले जनाएको छ । १ भारतीय र १ नेपालीको खुट्टामा गोली लागेको प्रहरीले जनाएको छ ।





