राजनीति

भारतबाट फर्किएलगत्तै प्रचण्ड अर्को शक्तिशाली देश जाने, त्यसपछि मात्र चीन

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भदौ अन्तिम साताको भारत भ्रमणपछि अर्को शक्तिशाली मुलुक जाने मिति तय भएको छ । भारत भ्रमण सकेर स्वदेश फर्किए लगत्तै प्रधानमन्त्री दाहाल अमेरिका जान लागेका हुन् ।

असोज पहिलो हप्तामा सुरु हुन लागेको संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन उनी अमेरिका जाने रुटिन तय भएको श्रोतले जनाएको छ ।

असोज ३ गते अमेरिकाको न्युयोर्कमा हुने संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री त्यसतर्फ जाने बताइएको छ । सभालाई प्रधानमन्त्री दाहालले सम्बोधन समेत गर्ने जनाइएको छ ।

उनको टोली परराष्ट्र मन्त्री प्रकाशशरण महत लगायत सहभागी हुने जनाइएको छ । प्रधानमन्त्री दाहाल एक हप्ताको अमेरिका बसाई पछि स्वदेश फर्किने श्रोतको भनाई छ । तर यो प्रधानमन्त्री दाहालको राजकीय भ्रमण भने होइन् । अमेरिकाबाट फर्किएपछि सम्भवत, प्रधानमन्त्री दाहालको दोश्रो राजकीय भ्रमण भने चीन हुने सम्भावना रहेको बताइन्छ ।