आर्थिक

बुबाको मुख हेर्ने दिनको अवसर पारेर नेपाल टेलिकमले ल्यायो विशेष अफर कार्यक्रम

काठमाण्डौ । नेपाल टेलिकमले बुबाको मुख हेर्ने दिनको अवसर पारेर विशेष अफर कार्यक्रम ल्याएको छ । टेलिकमले जिएसएम प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि शुभ बिहानी–सन्ध्या डाटा प्याक अफर कार्यक्रम ल्याएको हो ।

यो अफर कार्यक्रम बिहान ५ बजेदेखि ९ बजेसम्म र दिउँसो ३ बजेदेखि बेलुका ७ बजेसम्म चल्नेछ तर ३ महिनाका लागि मात्र । बिहीबार बुबाको मुख हेर्ने दिनको अवसर पारेर यो कार्यक्रम सञ्चालन गरिएको नेपाल टेलिकमले जनाएको छ ।

जसअनुसार एकसय एमबी डाटाको तीन दिने अवधिका लागि ४५ रुपैयाँ र २२५ एमबिको ७ दिने अवधिको ९० रुपैयाँ तोकिएको छ ।
उपभोक्ताले १०० एमबी डाटा लिनका लागि SPECIAL100MB र २२५ एमबी डाटा लिन SPECIAL225MB लेखेर १४१५ मा एसएमएस पठाउनुपर्ने टेलिकम निकट श्रोतले जनाएको छ ।