समाचार

अब कालिञ्चोकमा पनि केबलकार सरर

काठमाडौं । दोलखाको धार्मिक एवं पर्यटकीय स्थल कालिञ्चोकमा केबलकार सञ्चालन हुने भएको छ । अर्को दसैंको बेला सञ्चालनमा आउने गरी केबलकार सञ्चालनमा आउने गरी केबलकार निर्माण गरिने भएको भन्दै बिहीबारका पत्रपत्रिकाले समाचार प्रकाशित गरेका छन् ।

कालिञ्चोक मन्दिरको दर्शनका लागि आउने आन्तरिक र वाहृय पर्यटकलाई लक्षित गरी केबलकार निर्माण गर्न लागिएको हो । कालिञ्चोक दर्शन लिमिटेडले सञ्चालन गर्न लागेको केवलकार निर्माण कार्य तिहार लगत्तै सुरु हुने कालिञ्चोक दर्शन लिमिटेडका कार्यकारी निर्देशक बालकृष्ण शिवाकोटीले जानकारी दिए ।

कालिञ्चोकको कुरीबाट एक किलोमिटर ठाडो उकालो पार गरेर पुग्नुपर्ने मन्दिरको दर्शनका लागि केबलकारबाट करिब ५ मिनेटमा पुगिनेछ । जवकि कुरीबाट हिँडेर पुग्न एक घण्टा लाग्छ ।