अन्तर्राष्ट्रिय

सिंगो भारत बचाउन यो कदम चालेको हुँ: नरेन्द्र मोदी

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत नोभेम्बर ८ बाट लागू गरिएको भारु पाँच सय र एक हजारको मुद्रा नोटलाई बन्द गर्न तत्कालका लागि भारु सय र त्यस भन्दा मुनिको नोटमात्र प्रचलनमा ल्याउने सरकारको घोषणा सही भएको बताएका छन् ।  भारतको गोवास्थित पणजीमा एक आमसभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

कसैले सुइको साइनोसमेत नपाएको र अनअपेक्षित रूपमा आएको उक्त सरकारी निर्णय र कार्यान्वयनका कारण हाल बजारमा मुद्रा नोटको हाहाकार पर्दा सर्वसाधारणले सास्ती खेप्नु परेको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले यसलाई भ्रष्टाचारी, कर छली गर्ने गिरोह र अवैध मुद्राका कारोवारीहरूबाट देशलाई बचाउनको लागि यस्तो कदम अपनाइएको जानकारी दिए ।

सम्बोधनको क्रममा देश प्रेमले भाबुक हुनु भएका प्रधानमन्त्री मोदीले ५० दिन अर्थात आगामी डिसेम्बर ३० सम्म आफूलाई सहयोग गर्न भारतीय जनतालाई आग्रह गरे ।

आर्थिक सुधारका अरू पनि कैयौँ कदमहरू भएको उनले बताएका छन् । गोवा राज्यका जनताहरूबाट आर्शिवाद लिन आफू आएको र अहिले जनताबाट सहयोग पाएमा आर्थिक रूपमा सम्पन्न नयाँ भारतको निर्माण हुने पनि उनले बताएका छन् ।