काठमाडौं । नयाँ शक्ति पार्टीका संयोेजक एवम् पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आफ्नो पार्टीलाई तेस्रो ध्रुबको संज्ञा दिएका छन् । ट्वीट गर्दै डा. भट्टराईले यस्तो बताएका हुन् ।
उनले नयाँ शक्ति पार्टी नेपाललाई धेरैले नबुझेको तर कोही कोही बुझेर पनि बुझ पचाएको बताए । नयाँ शक्तिलाई बुझेर पनि बुझ पचाउनेलाई उनले भगौडा भनेका छन् । नयाँ शक्ति वैकल्पिक राजनीतिक शक्ति भएको बताउदैँ डा. भट्टराईले ट्वीटमा भनेका छन्, ‘नेपालमा वैकल्पिक राजनीतिक अभियान परम्परागत कांग्रेस र कम्युनिस्ट विचार र ब्राण्डको विकल्पमा नयाँ विचार र पहिचान सहितको ‘तेश्रो ध्रुव’ निर्माण हो’ ।
नयाँ शक्ति पार्टीलाई पुरानै शक्तिमा विलिन गराउन खोजिएको भन्दै उनले आक्रोश पोखेका छन् । उनी ट्वीटमा अघि लेख्छन्, ‘नयाँ शक्ति पार्टीलाई नबुझ्ने वा बुझ पचाउने केही भगौडारतोरीहरूले पुरानै शक्तिमा विलीन गर्नेरगराउने आशयको ट्याउँ ट्याउँ गर्नुको कुनै तुक छैन है’ ।
नेपालमा वैकल्पिक राजनीतिक अभियान परम्परागत 'कांग्रेस' र 'कम्युनिस्ट' विचार र ब्राण्डको विकल्पमा नयाँ विचार र पहिचान सहितको 'तेश्रो ध्रुव' को निर्माण हो! यसलाई नबुझ्ने वा बुझ पचाउने केही भगौडा/तोरीहरूले पुरानै शक्तिमा विलीन गर्ने/गराउने आशयको ट्याउँ ट्याउँ गर्नुको कुनै तुक छैन है!
— Baburam Bhattarai (@brb1954) June 7, 2018