काडमाडौं । लक्ष्मी बैंक तथा लक्ष्मी बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत स्थापित लक्ष्मी केयर्सको संयुक्त आयोजनामा बाराको महागढीमाई नगरपालिका बरियारपुरमा रहेको विश्वप्रसिद्ध गढीमाई मन्दिरमा सोलार जडान गरेको छ । बैंकले २० लाखको लागतमा १४ थान सोलार जडान गरी एक कार्यक्रमका बिच शनिबार हस्तान्तरण गरेको छ । गढीमाई मन्दिर सञ्चालन तथा विकास समितिले मन्दिर परिसरमा आयोजना सोलार हस्तान्तरण कार्यक्रममा लक्ष्मी बैंकका डायरेक्टर विश्वकर्ण जैनले हस्तान्तरण गरेका छन।महागढी माई नगरपालिकाका नगर प्रमुख उपेन्द्र प्रसाद यादवले पर्यटकिय स्थलमा लक्ष्मी बैंकले जडान गरेको सोलारलाई नगरपालिकाले सुरक्षा दिने र त्यसको रेखदेख गरी बेलाबेलामा सोलार प्यानलको सरसफाई गराउने बताए ।
त्यसै गरी, बनेपा नगरपालिकाका प्रमुख लक्ष्मी नरसिंह वादेको प्रमुख आतिथ्यतामा नगरक्षेत्रभित्र वृक्षारोपण कार्यक्रम पनि सम्पन्न भएको छ । सो कार्यक्रममा लक्ष्मी बैंकको तर्फबाट दिपेश अमात्य (हेड – रिटेल फाईनान्सियल सर्भिसेज), राजिव सापकोटा (प्रमुख – ईन्स्टिच्युस्नल बैंकिङ्ग एण्ड बिजिनेश डेभलपमेन्ट), भारती पाण्डे (अध्यक्ष – लक्ष्मी केयर्स), बनेपा शाखाका कर्मचारीहरु; बनेपा वातावरण संरक्षण अभियान समूहका सदस्यहरु लगायत अन्य विभिन्न संघसंस्थाका प्रतिनिधीहरुको उपस्थिति थियो । वृक्षरोपण कार्यक्रम बनेपा नगरपालिकाको वडा नं. ९ स्थित गणेशस्थानबाट शुरु भई नेपाल खानेपानी संस्थान, बनेपा शाखाको प्राङ्गणमा पुगि सम्पन्न भएको थियो । सो कार्यक्रम अन्तर्गत २०० वटा विभिन्न प्रजातीका विरुवा तथा फलफूलका विरुवाहरु रोपिएको थियो ।