समाचार

नियन्त्रण कसरीः सुनसरीमा महिला बलात्कृत भएपछि दुई हप्तामै चार ठूला बलात्कारका घटना !

इनरुवा । सुनसरी सदरमुकाम इनरुवा नगरपालिका–६ मधेशा हलेसी चोक नजिक शनिबार राति एक महिला बलात्कृत भएकी छिन् ।

शनिबार राति पूर्व पश्चिम राजमार्गको सडकखण्डअन्तर्गत हलेसी चोक नजिक २४ वर्र्षीया ती महिलाको सामूहिक बलात्कार भएको सुनसरीका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र फुयाँलले जानकारी दिए । घटनाको प्रकृति हेर्दा ती महिलाको सामूहिक बलात्कार भएको उनले पुष्टि गरे ।

मानसिक सन्तुलन ठीक नभएकी ती महिला अर्धचेत अवस्थामा नग्न फेला परेकी थिइन् । महिलालाई जिल्ला प्रहरी कार्यालय सुनसरीको प्रहरी टोलीले उद्धार गरी उपचारका लागि विराटनगर पठाइएको प्रहरी नायब उपरीक्षक फुयाँलले बताए । नग्न अवस्थामा भेटिएकी किशोरीको शरीरमा लगाउने कपडा केही मिटर वर फेला परेको र कपडा च्यातिएको अवस्थामा भेटिएको स्थानीयवासीले बताएका छन् ।

अर्धचेत अवस्थामा रहेकी ती महिलाको योनीबाट रगत बगेको अवस्थामा भेटिएपछि जिल्ला अस्पताल इनरुवामा उपचारका लागि ल्याइएको र थप उपचारका लागि विराटनगर पठाइएको प्रहरी नायब उपरीक्षक फुयाँलले बताए । बलात्कार गरेको आशङ्कामा तीन जना युवालाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कञ्चनपुरमा १३ बर्षीया बालीका बलात्कारले मुलुकमा नै उग्र रुप लिईरहेका बेला केहीदिन अगाडी पोखरामा एकजना बलात्कृत भएको समाचार आएको छ, यस्तै चितवनमा समेत केहीदिन अगाडी एक महिला सामूहीक रुपमा बलात्कृत भएकी थिईन् भने सुनसरीमा पछिल्लो बलात्कारको घटना आउनुले बलात्कारले कुन रुप लिएको छ भन्ने प्रश्न सबैमा श्रजित हुनु स्वभाबिक छ तर सम्बन्धीत निकायले यस्ता घटना हुन नदिने उपाय र बलात्कारीलाई कडा कारबाही नगरेसम्म केही भन्न सकिने अवस्था छैन ।
महिला अधिकारबादीहरुले बलात्कारीलाई पाँसी दिने कानून बनाउनुपर्ने माग गरिरहेका बेला भएका यस्ता प्रकारका घटना नियन्त्रण गर्न सरकारले बिशेष योजना नल्याए यस्ता घटनाको संख्या अझै तीब्ररुपले बढ्ने संकेत देखिएको छ ।