समाचार

डिआइजी न्यौपाने भन्छनः भिभिआईपीको सुरक्षाका लागि नेपाल प्रहरी तम्तयार

काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक विकासका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनको सम्पूर्ण सुरक्षा तयारी पुरा भएको महानगरीय प्रहरी  प्रमुख डिआइजी मनोज न्यौपानेले बताएका छन् । नेपाल प्रहरीलाई सरकारले दिएको जिम्मेवारीअनुसार सुरक्षा व्यवस्था सुदृढ र मजबुत पारीएको डिआइजी न्यौपानेले बताएका हुन् ।

गृह मन्त्रालयले तयार पारेको सुरक्षा योजना अनुसार प्रहरीले पाएको जिम्मेवारीको पूर्ण रुपमा पालना गर्नेमा कुनै कसुर बाँकी नराखिने उनको भनाई छ ।

प्रहरी प्रधान कार्यालयको कार्ययोजना अनुसार नै प्रहरीले बिम्स्टेक सम्मेलनका लागि भारत, भुटान, बंगलादेश, म्यानमार, थाइल्याण्ड, श्रीलंका सहित आयोजक राष्ट्र नेपालका सरकार प्रमुख र राष्ट्र प्रमुखलाई दिईने सम्पूर्ण सुरक्षा व्यवस्था मिलाईएको डिआईजी न्यौपानेले सूर्यखबरलाई बताए ।

सुरक्षा योजना अनुसार नेपाल प्रहरीलाई दोस्रो घेरामा रहने जिम्मेवारी प्रदान गरिएको न्यौँपानेले बताए । भिभिआईपीको सुरक्षाका लागि जोरबेजोर प्रणाली लागू गरिएको उनले बताए ।

नेपाल प्रहरीले बैठकस्थलको प्रबन्ध सुरक्षा र स्कर्टिङ गर्ने उनले जानकारी दिए ।

उसो त, भदौ १४ र १५ गते काठमाडौंमा हुने बिमस्टेकको चौँथो शिखर सम्मेलनको पूर्वसन्ध्यामा चारवटै सुरक्षा निकालयले आफ्नो तयारी तीब्र बनाएका छन् ।