लुम्बिनी

सवारीसाधन पार्किङ शुल्क नलिइने

नेपालगञ्ज । सडक किनारमा सवारीसाधन पार्किङ गरेबापत शुल्क लिने प्रक्रियाबाट नेपालगञ्ज उपमहानगरपालिका पछि हटेको छ । नगरका ५० स्थानमा पार्किङस्थल तोकेर शुल्क लिइँदै आएकामा नगरवासीको सकारात्मक प्रतिक्रिया नआएकाले उपमहानगरपालिका यो निर्णयबाट पछि हटेको हो । हालका लागि सबैखाले यातायातका साधनलाई पार्किङस्थलमै व्यवस्थापन गर्ने गरी जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई जिम्मेवारी दिइएको नगर प्रमुख डा धवलशम्शेर राणाले बताए।

बैठकले वडा नम्बर १ का अध्यक्ष प्रमोद रिजाललाई उपमहानगरपालिकाको प्रवक्ताका रुपमा चयन गरिनुका साथै सार्वजनिक सेवा तथा क्षमता विकास, आर्थिक विकास, सामाजिक विकास, वातावरण तथा विपद् व्यवस्थापन र विधयेक समिति गठन गरिएका छन् । ती समितिमा जिम्मेवारी बाँडफाँड र सदस्य संख्या अझैं तोकिएकोे छैन ।